बजार संक्षेप

एलआइसी नेपालको ‘जीवन बचत’ योजना

  नागरिक   2020-01-08

काठमाडौं– एलआइसी नेपालले ‘जीवन बचत’ नामक एकल बिमाशुल्क जीवन बिमा योजना बजारमा ल्याएको छ । 
१६ देखि ६५ वर्षसम्म उमेरका व्यक्तिले यो जीवन बिमा योजना लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । न्यूनतम बिमांक रकम एक लाख रुपैयाँ र अधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमानुसार जति पनि गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा बिमा अवधि न्यूनतम पाँच वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बिमा परिपक्वतामा आर्जित बोनससहित बिमांक रकम एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यस योजनामा बिमा परिपक्वतापछि बिमितले इच्छा अनुसार पाँच देखि १० वर्षभित्र सो रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता समावेश गरिएको छ । न्यून बिमाशुल्क भएको यस योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ समेत उपलब्ध छ ।
बिमाशुल्क भुक्तानीको एक वर्षपछि बिमितले कम्पनीबाट कर्जा तथा बिमा समर्पण सुविधासमेत लिन सक्ने बताइएको छ ।

यसमा तपाईको मत