बजार संक्षेप

एल.जी.को एसी नेपाली बजारमा

  नागरिक   2019-12-23

काठमाडौँ- सि.जी.ले एल.जी. सँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एल.जी.को अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दै आएको छ। 
R32 ग्याँसले एल.जी इन्भटर एयर कन्डिसन को प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसन लाई अधिक टिकाउ बनाउँने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
R32 ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ। R22 र R410A जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा R32 सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखिनिय रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ । 
डुवल कम्प्रेसर भएको यस एसीले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ। एल.जी.का एयर कन्डिसनरमा १० वर्षको वारेन्टि पनि रहेको छ, साथै एल.जी.को एसि प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिने जानकारी कम्पनीले जनाएको छ। 

यसमा तपाईको मत