बजार संक्षेप

एलजीको टिभीको माग उच्च

  नागरिक   2020-02-12

काठमाडौं– एलजी ब्रान्डको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले यसका ५५ र ६५ इन्चको युएचडी टेलिभिजनको मागमा अत्यधिक बढेको दाबी गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै ४९ र ४३ इन्चको युएचडी टिलिभिजनको माग पनि अत्यधिक रहेको जनाएको छ । एलजीको युएचडी टिभीमा विभिन्न सुविधा रहेकोले ग्राहकको पहिलो रोजाइमा परेको कम्पनीको दाबी छ । 
उक्त टेलिभिजनमा फोरके पिक्चर डिस्प्ले रहेको र यसको मद्दतले फुल एचडीभन्दा चार गुणा स्तरीय पिक्चर हेर्न सकिने कम्पनीको भनाइ छ । म्याजिक मोसन रिमोट कन्ट्रोल, आवाजले नियन्त्रण गर्न सकिने, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, आइफोनबाट सिधै स्क्रिन सेयर गर्न मिल्ने भएकाले यो ग्राहकको रोजाइमा परेको कम्पनीले जनाएको छ । यी टेलिभिजन सुलभ मूल्यमा पाइने कम्पनीको भनाइ छ । 

यसमा तपाईको मत