बजार संक्षेप

एलबिइएफको पहिलो दिक्षान्त

    2019-08-18

काठमाडौं– एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
समारोहको उद्घाटन दतुक परमजितसिंह, एपिआइआइटीका सह–संस्थापक, प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक युनिभर्सिटीका उप–प्रमुख गुर्प्रदिप सिंहले गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन उक्त समारोहमा एलबिइएफ ग्रुप अफ इन्टिच्युसन्सका संस्थापक परमानन्द केजरिवाल, संस्थाका अध्यक्ष पंकज जालान, शैक्षिक सल्लाहकार गीताभक्त जोशी, संस्थाका निर्देशक प्रकाश कुमार, संस्थाका डिन सन्दिप कौतिशले उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेको जनाइएको छ ।
समारोहमा बिबिएम र बिएस्सी आइटीका ५६ विद्यार्थी दीक्षित भएको उल्लेख छ ।
सबै डिग्रीले शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेको पनि जनाइएको छ । संस्थाबाट आठ हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरिसकेको जनाइएको छ । 
 

यसमा तपाईको मत