बजार संक्षेप

लक्ष्मी लघुवित्तका ग्राहकलाई तालिम

    2019-07-11

काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काभ्रेको भकुण्डेबेसी शाखामा आवद्ध ग्राहकलाई व्यावसायिक तरकारी तथा च्याउ खेतीसम्बन्धी तालिम दिएको छ ।
असार २३ बाट सञ्चालित दुईदिने तालिममा २९ जना ग्राहक सहभागी रहेको संस्थाद्वारा जारी जिज्ञप्तिमा उल्लेख छ । तरकारी खेतीको परम्परागत सीपलाई व्यवसायीकरण गरी च्याउखेतीमा आकर्षित गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
संस्थाले कर्जा, बचतबाहेक लघुबिमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखारहित बैंकिङ सुविधासँगै उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
 

यसमा तपाईको मत