बजार संक्षेप

लक्ष्मी लघुवित्त र युके एड सक्षम एक्सेस टू फाइनान्सबीच सम्झौता

    2019-08-11

काठमाडौं– लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजप्रकाश शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेको उल्लेख छ ।
लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री बनाउने नयाँ उद्देश्यले केन्द्रीकृत सफ्टवेयर खरिद गर्न सम्झौता भएको जनाइएको छ ।  
सम्झौता पश्चात लघुवित्तमा आवद्ध हुने ग्राहक सदस्यले वाणिज्य बैंक सरहका मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, एटिएम, ट्याब्लेट बैकिङ, डिजिटल पेमेन्ट, पासबुकजस्ता अत्याधुनिक बैकिङ सुविधा उपयोग गर्न सक्नेछन् ।
सक्षम, एक्सेस टू फाइनान्स नेपाल तथा संयुक्त अधिराज्यका सरकारबीच भएको सहमति अनुसार युके एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । डिएफआइडी नेपालको लागि लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय  संस्थाहरूको साझेदारीमा यसको कार्यान्वयन गरिरहेको छ ।

यसमा तपाईको मत