बजार संक्षेप

‘नेपाल फाइभ पी इन्टरनेसनल एक्सपो’ सुरु

  नागरिक   2019-12-22

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा तीनदिने नेपाल फाइभ पी इन्टरनेसनल एक्सपो सुरु भएको छ । शुक्रबारदेखि जारी मेलामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ उद्योगसम्बन्धी सामग्रीको प्रदर्शन गरिएको छ । मेलामा नेपालसहित भारत, चीन ताइवान, जर्मनी तथा युरोप र अफ्रिकी देशको सहभागिता छ ।
मेलाले विदेशी मुलुकसँगको व्यापार, व्यवसाय प्रवद्र्धनसँगै प्रविधि र विकासबारे पनि जानकारी दिने विश्वास गरिएको छ । फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट र मिडिया स्पेसद्वारा आयोजित उक्त मेलामा देशी विदेशी गरी एक सय ६० स्टल छन् । 
प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ इन्डस्ट्रिजबारे एकै छानामुनि जानकारी दिन मेलाले महŒवपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।  प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई नयाँ–नयाँ प्रविधि प्रदर्शन र संवाद गर्न सजिलो हुने विश्वास आयोजकको छ ।
प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यस क्षेत्रका निर्णयकर्तालाई एकै ठाउँमा उभ्याउँदै तिनका खरिदकर्ताबीच सिधा सम्पर्क प्रवद्र्धन गर्नु पनि मेलाको उद्देश्य रहेको छ । 
प्रदर्शनीमा प्रोसेसिङ मेसिनरी उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, इन्डक्सन, मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस, सिलाइ मेसिनका उत्पादक, प्याकेजिङ मेसिनरी, ¥याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकको सहभागिता रहेको आयोजकले जनाएको छ । मेलाको उद्घाटन नेपालस्थित भारतीय राजदूत मञ्जिव सिंह पुरीले गरेका हुन् ।
 

यसमा तपाईको मत