बजार संक्षेप

कुमारी बैंकको भूमिपूजन

  नागरिक   2019-12-08

काठमाडौं– कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । 
उक्त भूमिपूजन कार्यक्रम बैंकका अध्यक्ष अमिरप्रताप जबराद्वारा वैदिक पूजामार्फत सम्पन्न भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पूजामा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारी समेतको उपस्थिति रहेको जनाइएको छ ।
हाल बैंकले एक सय १६ शाखा, एक सय १० एटिएम, पाँच एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत