बजार संक्षेप

लालीगुराँस बहुउद्देश्यीय सहकारी २१ वर्षमा

  नागरिक   2019-10-03

काठमाडौं– लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २१ वर्षमा प्रवेश गरेको छ । २१औं वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी र देशको समग्र आर्थिक क्षेत्रको विकास गर्न संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नम्बर ३ बाट लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारी पुरस्कार दिइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेको उल्लेख छ ।  
यसैबीच, संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले लालीगुँरास माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
 

यसमा तपाईको मत