बजार संक्षेप

लक्ष्मी लघुवित्तको तालिम

  नागरिक   2019-12-18

काठमाडौं– लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई तालिम दिएको छ । 
संस्थाले दाङको हापुरे, बर्दियाको टेडिया बजार, जयनगर तथा बाँकेको सितापुर गरी चार शाखामा आवद्ध ग्राहकलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालन तालिम प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ । मंसिर २२ देखि २९ गतेसम्म सञ्चालित उक्त तालिममा एक सय चार ग्राहकले सहभागिता जनाएका छन् ।
तरकारी खेती तथा बाखापालनसम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायीकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । 
 

यसमा तपाईको मत