बजार संक्षेप

कुमारी बैंकको सहयोग

  नागरिक   2019-09-13

काठमाडौं– कुमारी बैंकले ‘साथ’ नामक  गैरसरकारी संस्थालाई नगद एक लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
साथले आफ्नो ‘हकुना मटाटा’ परियोजनाअन्तर्गत विगत सात वर्षदेखि सीमान्तकृत परिवारका बालबालिकाको आधारभूत शिक्षा र क्षमता निर्माणमा सहयोग पुर्याइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बहिष्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सीपमूलक तालिम दिदैँ आएको उक्त संस्थाले गरेको कामको प्रशंसनीय कार्यलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ उक्त सहयोग गरेको जनाइएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले साथका परियोजना संयोजकलाई चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत