बजार संक्षेप

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता

    2019-07-29

काठमाडौं– कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । 
नेपालमै पहिलो दाबी गरिएको यो योजनाबाट बुबा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा, आफैं र दुई सन्तानको स्वतः बिमा हुने प्रावधान रहेको जनाइएको छ ।
यो बचत खातामा न्यूनतम १० हजार मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा  २६ लाखसम्म परिवारको बिमा गरिएको छ । यसमा दम्पतीको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
यस खातामा इन्टरनेट बैंकिङ–निःशुल्क, मोबाइल बैंकिङ पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
एक सय शाखा, ९१ एटिएम, तीन एक्सटेन्सन काउन्टर तथा तीन शाखारहित बैंकिङ एकाइबाट सेवा दिँदै आएको बैंकले जनाएको छ ।


 

यसमा तपाईको मत