बजार संक्षेप

कुलमान र सन्दुकलाई सम्मान गरिने

  नागरिक   2019-12-26

काठमाडौं– नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्षको हेमबहादुर मल्ल पुरस्कार नेपाल विधुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र आँखारोग विशषेज्ञ सन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ । 
उज्यालो नेपालका अभियन्ता घिसिङले देशलाई लोडसेडिङमुक्त गरेकोमा र रुइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । साल्ट ट्रेडिङका पूर्वमहाप्रबन्धक हेमबहादुर मल्लको सम्मानमा २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । पुस ११ उक्त पुरस्कार प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत