बजार संक्षेप

केएल टावरमा बिग सेल कार्भिनल सुरु

    2019-08-11

काठमाडौं– चुच्चेपाटीस्थित केएल टावरमा ‘बिग सेल कार्भिनल’ मेला सुरु भएको छ । 
भदौ २१ गतेसम्म चल्ने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेकोे कम्पनीले जनाएको छ । मेलामा केएल टावरमा सञ्चालनमा रहेका पाँच दर्जनभन्दा बढी पसलको सहभागिता छ । 
मेलामा लत्ताकपडा, जुत्ताचप्पल, घडी, चस्मा, मोबाइल फोन, बालबालिकाको लत्ताकपडा तथा खेलौनालगायत तीन हजारभन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । 
मेला अवधिभर एक हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्ने बताइएको छ । 

यसमा तपाईको मत