बजार संक्षेप

किसान पाइपको टोली जापानमा

  नागरिक   2019-12-19

काठमाडौं– किसान पाइप प्रडक्टस प्रालि र जापानको सेकिस्युई कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । 
जापानको ख्यातिप्राप्त अन्तराष्ट्रिय ब्रान्ड डुरास्ट्रिम सिपिभिसी उत्पादन गर्ने कम्पनी सेकिस्युईसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टसले नेपालमा किसान ब्रान्डको सिपिभिसी उत्पादन थालेपछि नेपाली टोली जापानको औद्योगिक भ्रमणमा गएको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा उद्योग अवलोकन, डुरास्ट्रिम सिपिभिसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्रान्डिङ र बजारीकरणबारे जानकारी लिएको कम्पनीले जनाएको छ ।
 
 

यसमा तपाईको मत