बजार संक्षेप

कियाको मिड–एसयुभी सेल्टोस नेपाल भित्रियो

  नागरिक   2019-12-22

काठमाडौं– भारतीय बजारमा प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ । 
नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल भित्र्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको कम्पनीले जनाएको छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । 
भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ । 
कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि चाँडै नेपाल ल्याउन तयारी भईरहेको कम्पनीका प्रमुख सुहृद घिमिरेको भनाई रहेको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता रहेका छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएको समेत कम्पनीको दाबी छ । 
गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।
हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडलको रुपमा लिईदै आएको छ । कन्टिनेन्टलले विगत ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत