बजार संक्षेप

काठमाडौंमा खुकुरी सांगीतिक महोत्सव हुने

  नागरिक   2019-12-27

काठमाडौं– काठमाडौंमा खुकुरी  सांगीतिक महोत्सव हुने भएको छ । खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीको प्रायोजनमा आगामी शनिबार काठमाडौंको मल्ल होटलमा महोत्सव हुन लागेको हो । मेला शनिबार दिउँसो २ देखि रातको १० बजेसम्म सञ्चालन हुनेछ । नेपाल डिस्टिलरीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर महोत्सवमा संगीतको साथसाथै खुकुरी रमको विभिन्न स्वाद लिन सकिने जनाएको छ । 
डिस्टिलरीका अनुसार कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहनेछ । उक्त महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, बिपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एन्ड स्पार्क, पहेंलो बत्तीमुनि तथा ५ः५५ जस्ता लोकप्रिय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा डिजे फिन्जोक, डिजे बिकी कुल, डिजे बिपिएम, डिजे विधान, डिजे निल, डिजे मनिष र डिजे पल टेन जस्ता चर्चित डिजेहरु सहभागी हुनेछन् । 
यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो । खुकुरी सांगीतिक महोत्सव जस्तो बृहत् महोत्सव आयोजना गर्न लागेको यो पहिलोपटक भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत