बजार संक्षेप

के.एफ.सी.को नयाँ शाखा नक्साल भाटभटेनी सुपरमार्केटमा

  नागरिक   2021-09-17

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड  के.एफ.सी.ले शुक्रबार आफ्नो आठौँ नयाँ शाखा नक्साल स्थित भाटभटेनी सुपरमार्केटमा खोलेको छ। विश्वभरि नै चिकेनका परिकारकालागि प्रख्यात रहेको केएफसी रेस्टुरेन्ट नेपालीहरुले पनि रुचाउँदै आएका छन्।

के.एफ.सी.ले आफ्नो यस आठौँ  शाखा १ हजार ८ सय ४० स्कोयर फिटमा बनाएको छ। ग्राहकको स्वास्थ्यलाई प्राथमिकता दिदैँ सेवा प्रदान गर्ने केएफसीले जनाएको छ।

यस रेस्टुसरेन्टमा ४० जनासम्म बसेर खान मिल्ने बताइएको छ भने रेस्टुरेन्ट बिहानको ९ बजे देखि बेलुकाको ८.३० सम्म खुल्ने जनाएको छ।

यसमा तपाईको मत