घरेलु उपकरण विशेष

केन्टको नयाँ वाटर प्युरिफायर

    2021-08-25

नेपालमा केन्ट उत्पादनका लागि एकल अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ।

यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार नौ सय ९० रूपैयाँ रहेको छ। नेपालभरका सबै प्रमुख रिटेल आउटलेटमा उपलब्ध यो प्युरिफायरमा प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकोले यसले शतप्रतिशत शुद्ध र अल्कलाइन सहितको पिउने पानी प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा पिएचको स्तर ८.५ देखि ९.५ को बीचमा हुने बताइएको छ।

यस प्युरिफायरले आरओ प्लस युभी प्लस युएफ प्लस टिडिएस नियन्त्रणको बहुशुद्धीकरण प्रक्रिया प्रयोग गर्ने बताइएको छ। यसमा एक वर्षको वारेन्टी रहेको छ।

यसमा तपाईको मत