बजार संक्षेप

अब सरकारी शुल्कमै सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण

    2019-08-01

ललितपुर- मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने अस्पतालका गतिविधिबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा निःशुल्क सफल मिर्गौला प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए। 

प्रत्यारोपणका लागि सरकारले दिने गरेको ४ लाख रुपैयाँमा नै प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए । बिरामीलाई डायलोसिसको सकसबाट हटाउन अस्पतालले अबदेखि प्रत्यारोपणलाई निरन्तरता दिने पनि डा. काफ्लेले जानकारी दिए ।

उक्त आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले सरकारी शुल्कमा नै सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण गर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मृगौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग निरन्तर रहने बताए। उनले सरकारले दिने अन्य घातक रोगको उपचार पछिको निःशुल्क औषधी जस्तै गरी मृर्गौलाको उपचार पछिको औषधीलाई पनि ८० प्रतिशतमा ल्याउने प्रयास गरिरहेको बताए ।

हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय शैया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् ।

यसमा तपाईको मत