बजार संक्षेप

भृकुटीमण्डपमा काठमाडौं ट्रेड सो

  नागरिक   2019-12-27

काठमाडौं– डेली रोलिङ मिडिया एन्ड इभेन्टले आयोजनामा बुधबारदेखि भृकृटीमण्डपमा काठमाडौं ट्रेड सो सुरु भएको छ । मेलामा नेपालमा उत्पादित हस्तकलाका सामग्री, नेपाली कपडा लगायत वस्तु तथा सामग्री राखिएका छन् । मेलामा भारत, चीन, बंगलादेश लगायतका एक सयभन्दा बढी स्टल राखिएको आयोजकले जनाएको छ । 
कम्पनीका निर्देशक धिरज ढकालले नेपालको व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । मेलाले नेपाली र अन्तर्राष्ट्रिय बजारको व्यापारिक सम्बन्ध अघि बढाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० प्रवर्दन गर्न सहयोग पुर्याउनेछ ।’ 
मेलामा करिब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेला पुस १३ गतेसम्म सञ्चालन हुनेछ । मेला अवलोकन गर्दै पर्यटन वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले यस्ता मेलाले पर्यटन वर्षमा सहयोग पुर्याउनुका साथै नेपाली वस्तुलाई विश्व बजारसम्म पुर्याउन सहयोग पुग्ने धारणा राखे । 
 

यसमा तपाईको मत