बजार संक्षेप

काठमाडौं मेरिएट होटलद्वारा  “एडमामे”को उद्घाटन

    2019-08-01

काठमाडौं – काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो । उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरु पेश गरिएको थियो होटलको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

एडमामे एक आरमदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पस्कन्छ। यो रेष्टुरेन्टमा विशेष गरि याकिटोरी ग्रिल, लाइभ सुशी बार, डिम सम स्टेशन तथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्ने बार पनि रहेको होटलले बिज्ञप्तिमा जानकारी दिइएको छ।
उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुईस रिपोचेले भने, “एडमामेमा हामी सिग्नेचर खाना भन्दा फरक क्युसाइन पेश गर्दछौं जसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रादान गर्दछ। हामीले आशा गरेका छौं कि सम्पूर्ण अतिथिहरुले यहाँ अद्भुत एशियन खानाको अनुभव लिन सक्नुहुनेछ ।”रिपोचेले बताएको उक्त बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत