बजार संक्षेप

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

  बिश्वास खनाल   2019-11-15

काठमाडौँ - 'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ।

अल्फ्ट काठमाण्डु ठमेलले यस नोभेम्बरमा सेलिब्रिटी शेफ संजय रैनाबाट तयार पारिएको मेनुको साथ काठमाडौंको जाडोलाई न्यानो पार्न "काश्मिरका स्वादहरू" तयार पारेको छ।

काठमाडौंको कूटनीतिक र व्यापारिक समुदायको लागि विशेष स्वागत भोजमा नेपालका लागि भारतका राजदूत मन्जिव सिंह पुरीले उद्घाटन गरेका थिए।

उक्त समारोहमा सम्मानित अतिथिहरूले भारतीय दूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रद्वारा सांस्कृतिक प्रदर्शनको साथ कश्मीरको स्वादको मजा लिए।

सबै मेनू आईटमहरू मेहनती र सावधानीपूर्वक शेफ संजय रैना र अल्फ्ट काठमाण्डु ठमेलको कार्यकारी शेफ शैलेन्द्र सिंह, र उनीहरूका सम्बन्धित टोलीहरूद्वारा तैयार पारिएको हो।

यसमा तपाईको मत