बजार संक्षेप

कुमारीपाटीमा कामना बैंक

  नागरिक   2019-11-03

काठमाडौं– कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं २० स्थित कुमारीपाटीमा शाखा विस्तार गरेको छ । 
उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । सो अवसरमा बैंकले ग्रान्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
बैंकले एबिबिएस सेवा, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवालगायत एक सय शाखा तथा ४९ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत