बजार संक्षेप

कामतीले जिते एनसेलको १० लाख

  नागरिक   2020-01-02

काठमाडौं– सडक दुर्घटनामा परी विराटनगर नर्सिङ होममा उपचारत सिराहाका जितेन्द्रकुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख नगद पुरस्कार जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक रहेको कम्पनीले जनाएको छ ।
हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही दुई लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये नौजना ग्राहकले आ–आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ विजेता प्रमाणीकरण प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहक हप्तामा एक सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नयोग्य हुन सक्ने बताइएको छ । 

यसमा तपाईको मत