बजार संक्षेप

बागलुङको गलकोटमा कामना सेवा

  नागरिक   2019-09-02

काठमाडौं– कामना सेवा विकास बैंकले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, बैंकका सञ्चालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायतको उपस्थिति रहेको जनाइएको छ ।
बैंकले एबिबिएस, एसएमएस बंैकिङ, मोबाइल बैंकिङ सहित ९८ शाखा र ४५ एटिएमबाट सेवा दिँदै आएको छ ।

यसमा तपाईको मत