बजार संक्षेप

सुस्तामा कामना सेवा

  नागरिक   2019-09-09

काठमाडौं– कामना सेवा विकास बैंकले नवलपरासीको सुस्ता गाउँपालिका–१, बरवामा शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटनमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडाअध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साल लगायतको उपस्थिति रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले एबिबिएस सेवा, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायत ९९ शाखा र ४५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

यसमा तपाईको मत