बजार संक्षेप

कामना विकास बैंकको लाभाँस घोषणा

  नागरिक   2021-09-24

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभाँश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको १८.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

 

यसमा तपाईको मत