बजार संक्षेप

कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारीलाई

  नागरिक   2020-01-13

काठमाडौँ- साझा सेवाले आफ्नो ३५ औं साधारण सभा आज २०७६ साल पौष २८ गते तदनुसार १३ जनवरी २०२० मा यलमाया केन्द्र, पाटनढोकामा सम्पन्न गरेको छ । सो अवसरमा वि.सं.२०७६ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपाललाई प्रदान गरिएको छ । पाटनढोकास्थित यलमाया केन्द्रमा साझा सेवाको ३५ औं साधारण सभाको अवसरमा उक्त पुरस्कार संस्थाका अध्यक्ष श्री भीमबहादुर अधिकारीबाट वितरण गरियो । वि.सं.२०७५ सालदेखि सो पुरस्कार प्रदान गरिँदैं आइएको छ । रु.५० हजार राशि सहितको सम्मानपत्रबाट सम्मानित गरियो ।    

केन्द्रीय दुग्ध सहकारी संघले किसानहरुको हितका लागि दुग्ध संकलन, प्रशोधन, चिस्यान केन्द्र, बिक्री बितरण प्रणाली, र वजारीकरण तालिमका माध्यमबाट दुग्धमा आधारित नेपाल अधिराज्यभरीमा सहकारीहरुको स्वक्षमता र दीगो बिकासमा समाजिक पूँजीको बिकास र सामाजिक ब्यबसाय गर्न नेतृत्वदायी सक्षम केन्द्रीय संघको रुपमा खेलेको महत्वपूर्ण भूमिकालाई कदर गर्देै पुरस्कार प्रदान गरिएको हो । 
पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष श्री भीमबहादुर अधिकारीबाट साझा सेवाले आफ्नो ब्यबसायिक सेवा सर्वसाधारणमा पुर्याउँदैं सहकारीको माध्यमबाट बिशिष्ट सेवा पुर्याउने सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । 
     
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष बिशेष अतिथि श्री केशव बडालज्यूबाट बहुआयामिक ब्यक्तित्वको रुपमा स्थापित स्व. कमलमणी दीक्षितले “साझा”मा पुर्याएको योगदान र साझा सहकारीमा वहाँको लामो समयको सेवालाई संस्थाले यथोचित रुपमा स्मरण गरेको अभिब्यक्ति  दिए ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष श्री सूर्यप्रसाद श्रेष्ठ आमन्त्रित अतिथि, साझा यातायातका अध्यक्ष श्री कनकमणि दीक्षित लगायतमा बक्ताहरुबाट शुभकामना मन्तव्य राखे भने केन्द्रीय दुग्ध सहकारी संघ लि. का अध्यक्ष श्री नारायण देवकोटाबाट पुरस्कार स्वीकारोक्तिको आफ्नो मन्तब्य प्रकट गरेका थिए ।


 

यसमा तपाईको मत