बजार संक्षेप

कलैयामा सिभिल बैंक

  नागरिक   2020-02-14

काठमाडौं– सिभिल बैंकले बाराको कलैयामा आफ्नो शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयलाई सिसिटिभी क्यामेरासमेत प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले एक सय आठ शाखामार्फत सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत