बजार संक्षेप

कैलाश विकास बैंकको शाखा धापाखेलमा

  नागरिक   2019-12-27

काठमाडौं– कैलाश विकास बैंकले ललितपुर महानगरपालिका वडा नं २३ स्थित धापाखेलमा शाखा विस्तार गरेको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बैंकको उक्त शाखाको बिहीबार उद्घाटन गरेका हुन् ।  
प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बैंकले निकट भविष्यमा प्राइम कमर्सियल बैंक लिमिटेडमा समाहित हुन लागेको बताए । उनका अनुसार आर्थिक वर्ष ०७५/७६ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश गरी १८.७७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न आगामी पुस २५ गते साधारणसभा आह्वान गरेको छ । 
बैंकको चुक्तापुँजी दुई अर्ब ५२ करोड रहेको छ । यस बैंकले हालसम्म ३३ अर्ब ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यो अब काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर ७७ गरी बैंकको शाखा संख्या एक सय दुई पुगेको छ । एटिएम संख्या ४० पुगेको छ । 
 

यसमा तपाईको मत