बजार संक्षेप

कैलाश विकास बैंकले १८.७७ प्रतिशत लाभांश दिने

  नागरिक   2019-11-27

काठमाडौं– कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 
बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई  आगामी २६औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने जनाइएको छ । 

यसमा तपाईको मत