बजार संक्षेप

डिसहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

  नागरिक   2019-12-27

काठमाडौं– नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ डिसहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । डिसहोमले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर शुक्रबारदेखि प्रदर्शनमा आउने जनायो । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज यसमा ख्यातिप्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासनासिंह ठकुरी, लगायत दर्जनौं चर्चित कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्र  गत असोज ३ गते सिनेमा हलमा प्रदर्शनमा आएको थियो  । 
समय अनुसारको प्रविधि विकाससँगै विकसित भएको डिसहोमले हलमा पहुँच नभएका दर्शकका लागि न्यूनतम शुल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिसहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ सो हेर्न पाइने सिनेमाघरमा चलचित्र हेर्न मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी (एउटा स्पेस दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि तीन सय २५ रुपैयाँ शुल्क लाग्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत