काठमाडौँ- जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज पत्रकार भेटघाट कार्यक्रम मार्फत “ज्योति केयर्स” को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीको प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाण्डौ स्थित आफ्नै सेमिनार हलमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष श्री नन्द किशोर शर्माले “ज्योति केयर्स” औपचारिक शुभारम्भ गर्नुभयो। उक्त कार्यक्रममा ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधा र हाल सम्म ज्योति केयर्स को माध्यबाट सुविधा प्रदान गर्न कम्पनीले सम्झौता गरेका सेवा प्रदायक साझेदार संस्थाहरुको विस्तृत विवरण सहित प्रस्तुति दिइएको थियो। कार्यक्रममा कम्पनीको अध्यक्ष श्री नन्द किशोर शर्माले यस कम्पनीले आफ्नो व्यवसाय शुभारम्भ देखि नै घातक रोग उपचार सुविधा लगायत नयाँ नयाँ विशेषता भएका बीमा योजना जारी गरेको र ग्राहक सेवाको लागि थप कार्यहरु गर्ने क्रममा ज्योति केयर्सको माध्यमबाट बीमितहरुलाइ अतिरिक्त सुविधा प्रदान गर्ने कार्यको शुरुवात भैसकेको र आगामि दिनमा नयाँ नयाँ योजना मार्फत बीमितहरुलाइ सेवा दिने जानकारी गराएका थिए। कम्पनीका कार्यकारी उपप्रमुख श्री प्रकाश विक्रम खत्रीले यस कम्पनीले संचालनमा आएको २ वर्ष भन्दा कम अवधिमा कम्पनीप्रति जनमानसबाट प्राप्त विश्वास तथा सहयोगको कारणले बीमा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएकोले ग्राहक सेवालाइ प्राथमिकतामा राखेको उदाहरण स्वरुप ज्योति केयर्स एउटा शुरुवात भएको र यसैको माध्यमबाट भविष्यमा थप सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाइ यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सबै पक्षलाइ हार्दिक धन्यवाद दिएका थिए।
यसमा तपाईको मत