बजार संक्षेप

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा विशेष छुट

    2019-07-08

काठमाडौँ- आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसंग साझेदारी सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरुले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशक श्री रुपेश जोशीले हस्ताक्षर गरेका थिए। 


 

यसमा तपाईको मत