बजार संक्षेप

ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसँग सम्झौता

    2019-06-27

काठमाडौं– ज्योति लाईफ इन्स्योरेन्सले चितवनस्थित नारायणी सामुदायिक अस्पतालसग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ।

आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशमा सेवा सुविधा विस्तार गर्ने क्रममा  ज्योति लाईफले भरतपुर चितवनमा नारायणी सामुदायिक अस्पतालसँग सम्झाैता गरेकाे हाे।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा उनीहरूका परिवारका सदस्यहरुले  अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका थिए।

यसमा तपाईको मत