बजार संक्षेप

ज्योति विकास बैंक र आइएमई पे सम्झौता

    2019-07-31

काठमाडौं– ज्योति विकास बैंक र आइएमई पेबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । 
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा आइएमईका डाइरेक्टर खिलेन्द्र पौड्यालले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापश्चात बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आइएमई पेको प्ल्याटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।
आइएमई पेको मोबाइल एप प्रयोग गरी बैंकका ग्राहकले मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएच भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटेल रुम बुकिङ, अनलाइन सामान खरिद जस्ता सेवा प्राप्त गर्न सक्ने उल्लेख छ ।
बैंकले ९७ शाखा, दुई एक्सटेन्सन काउन्टर तथा ४० एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत