बजार संक्षेप

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

  नागरिक   2020-02-17

काठमाडौं– गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । उनी कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
उनलाई कम्पनीको तर्फबाट एमडिआरटीका विजेता अभिकर्तासहित कम्पनीका सिइओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकले स्वागत गरेको जारी विज्ञप्तिमा उल्लेख छ । जोशीले ब्रान्ड एम्बेसडर बनेसँगै जीवन बिमाको विषयमा सचेतना र शिक्षा फैलाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ ।
 

यसमा तपाईको मत