बजार संक्षेप

जोन प्लेयर्सको सुपर सेल योजना

    2019-07-28

काठमाडौं– सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट सहितको सुपर सेल योजना अघि सारेको छ । जारी योजनामा जोन प्लेयर्सका फर्मल तथा क्याजुअल पहिरन सहित रेगुलर तथा स्लिम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरन उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सिमित अवधिको योजना अन्तर्गत जोन प्लेयर्सको उत्पादन एस्क्लुसिभ ब्रान्डेड आउटलेट ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरबारमार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायत आउटलेटमा उपलब्ध रहने जनाइएको छ।
 

यसमा तपाईको मत