बजार संक्षेप

जिप कम्पास ट्रायलहक सार्वजनिक

    2019-08-28

काठमाडौं– नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ ।
नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बो डिजेल इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायल हकमा पहिलोपटक नौ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ, जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने कम्पनीले जनाएको छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख ९० हजार नौ सय रुपैयाँ कायम गरिएको छ । 
जिपले ‘¥यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने जनाएको छ ।
अल ह्विल ड्राइभ (एडब्लुएच) प्रविधि रहेको ट्रायल हकमा जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो, इन्जिन स्टप÷स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ । अगाडिको बम्परको एपोच एंगल २६.५ डिग्री छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिग्री रहेको छ । ट्रायल हकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ । फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’ गर्न मद्दत गर्छ । जिप कम्पास ट्रायल हक ८४ सेन्टिमिटरसम्म गहिरो पानीमा पनि बिनासमस्या चलाउन सकिन्छ ।
त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ । १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियम फिचर हुन् । साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउट साइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिक अपहोल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 
 

यसमा तपाईको मत