बजार संक्षेप

जेसिबीको ‘एस्युरेन्स’, ग्राहकलाई ‘कन्फिडेन्स’

  नागरिक   2019-12-23

काठमाडौं– नेपालका लागि जेसिबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसिबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ । 
नयाँ योजना अन्तर्गत जेसिबीको पार्ट्समा तीन महिनादेखि ६ महिनासम्मको र टायरमा एक वर्षको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । जेसिबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको पनि विज्ञप्तिमा छ ।
 

यसमा तपाईको मत