बजार संक्षेप

सर्लाहीमा खुल्यो जेसीबीको आउटलेट

    2019-07-01

काठमाडौँ- नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सर्लाही जिल्लाको हरिओनमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । 
नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि हरिओन नगरपालिकाका मेयर गणेश प्रसाईंले गर्नु भएको थियो । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको गिरिजा अर्थमुभर्सका यन्दु जैनले बताउनु भयो । उद्घाटन समारोहमा हरिओन, बागमति, लालबन्दी र छिमेकी जिल्लाका ग्राहकहरुको सहभागिता रहेको थियो । 


 

यसमा तपाईको मत