बजार संक्षेप

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

    2019-07-21

काठमाडौं– होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ । यसका १० आउटलेट सञ्चालन गर्ने योजना बनाएको कम्पनीले बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा पहिलो रेस्टुरेन्ट सुरु गरेको छ । रेस्टुरेन्टको शनिबार नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले उद्घाटन गरे। 
जापानको प्रसिद्ध खाना ‘रामेन’ यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । यसमा जापानका ३० प्रकारका खानाका परिकार पाइने ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले बताए । ‘एक वर्षभित्र १० स्थानमा आउटलेट सञ्चालन गर्छौं,’ अधिकारीले भने, ‘त्यसका लागि सेन्ट्रल किचन तयार गरेर दुई ठाउँमा सुरु गर्यो।’ 
होक्काइदोमार्फत करिब १५ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको कम्पनीले  रेस्टुरेन्टमा मात्र करिब ६ करोड लगानी गर्ने जनाएको छ । रामेन जापानको प्राचीन स्वास्थ्यवद्र्धक खानाको परिकार हो । नेपालमा जापानिज प्रविधिसहित पहिलोपटक भित्राइएको कम्पनीले जनाएको छ । 
ग्रुपले रेस्टुरेन्टसँगै जापान जाने युवालाई होटल व्यवस्थापन तालिम पनि सञ्चालन गरेको छ । उनीहरुलाई जापानी सेफले जापानी खानाका परिकार बनाउने प्रशिक्षण दिनेछन् । 
 

यसमा तपाईको मत