बजार संक्षेप

जापानमा पहिलो पटक नेपाल महोत्सव

    2019-06-10

काठमाडौँ - नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानको नागोयामा नेपाल महोत्सव २०१९ गर्न लागिएको छ ।

जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२०लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू ,रहनसहन , खाना, गीत संगीत लगायत रहने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष  २०२० मा जापानीज नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताउनुभयो ।

जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयात्रको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुदैछन् । महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

यसमा तपाईको मत