बजार संक्षेप

जनता बैंकको सहयोग

  नागरिक   2019-11-10

काठमाडौं– जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालमा रहेको केन्द्रीय बहिरा क्याम्पस लाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बहिरा विद्यार्थीलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ वर्षअघि स्थापित केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले चार वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाइएको छ । क्याम्पसमा हाल छात्र–छात्रा गरी एक सय चार बहिरा विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् । 
 

यसमा तपाईको मत