बजार संक्षेप

जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिज (जेजीआई) को रेड रसियन बजारमा

    2019-05-10

 

 

काठमाडौं - जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले हाल नेपालीे बजारमा अत्याधुनिक रुसी प्रविधिद्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ । उक्त रेड रसियन को स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरु प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधि द्धारा उत्पादन गरिएको गुणस्तरीय पेय पदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिन्छ ।


जावलाखेल गु्रप अफ ईन्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक शसिन जोशीका अनुसार जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिज ले आफ्ना उत्पादनहरुमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधि द्धारा रेड रसियनको उत्पादन गरिएको बताए । 
हाल बजारमा रेड रसियन ७५० मि. लि. को रु. १,०००÷– ३७५ मि. लि. को रु. ५००÷–  १८० मि. लि. को रु. २५०÷– मा उपलब्ध हुने छन् ।

 

यसमा तपाईको मत