बजार संक्षेप

एनएमबी बैंकलाई टभ राइल्यान्डबाट आइएसओ प्रमाणपत्र

  नागरिक   2019-12-04

काठमाडौं– एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आइएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ ।
ग्राहकको डाटा सुरक्षा र सरोकारवालाको सूचनाको सुरक्षा कायम गर्न सूचना सुरक्षा व्यवस्थापन प्रणालीका उच्चतम मानकको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ ।
टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक सय ४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवा र आइएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
आइएसओ/आइइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रूपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको बैंकको भनाइ छ । 
 

यसमा तपाईको मत