घरेलु उपकरण विशेष

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपियो असोज २० बाट खुल्ने

  नागरिक   2021-09-27

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीको पहिलो चरणको आयोजना प्रभावित हरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड आज सोमबार सम्पन्न भएको हो।

कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ। यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन्।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

यसमा तपाईको मत