बजार संक्षेप

मध्य भोटेकोशीको आइपीओमा कतिले दिए आवेदन?

  नागरिक   2021-10-08

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा शक्रबारसम्ममा साढे १५ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा १५ लाख ६२ हजार १८० आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि आवेदन परेको छ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ।कम्पनीले निष्काशन गेरको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ।

 

यसमा तपाईको मत