बजार संक्षेप

बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट

  नागरिक   2021-10-06

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ । आज प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

 

यसमा तपाईको मत